• 8:58 am

उपप्रधानमन्त्री श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ०९:०१

१३ असार २०८०, काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्। गएराति ११:२० बजे सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन्।


प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन्।

प्रतिकृया