• 9:52 am

प्रधानमन्त्रीको निजी सचिवमा अर्जुन भण्डारी

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ०८:१६

१३ असार २०८०, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव अर्जुन भण्डारी नियुक्त भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका भण्डारीलाई निजी सचिवमा नियुक्त गरिएको हो ।


प्रधानमन्त्रीका निजी सचिव ढुङ्गाना राजश्व अनुसन्धान विभागको महानिर्देशक भई गएसँगै रिक्त निजी सचिवमा भण्डारी नियुक्त भएका हुन् । भण्डारीले आजैबाट जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।


यता राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालय तानेर त्यहाँ नवराज ढुंगानालाई पठाइएको छ। ढुंगाना यसअघि प्रधानमन्त्रीका निजी सचिव थिए।

प्रतिकृया