• 10:37 am

नेपाल उद्योग परिसंघमा मोर सर्वसम्मत उपाध्यक्ष चयन

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ०५:४५

१२ असार २०८०, काठमाडौँ: लक्की ग्रुप का प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष श्री अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षको गरिमामय पदमा निर्वाचित हुनुभएको छ । उहाँ परिसंघले सम्पन्न गरेको २०औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।


उहाँले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाईमा र्पुयाउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने वाचा गर्नुभएको छ ।


यसका साथै, नेपालको घ्यु तेल उत्पादन गर्ने सबैभन्दा ठुलो उद्योग यस गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रो पटक सम्मान गरेको छ । साधारण सभाको समुद्घाटन समारोहका बीच परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टा अन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको भनी कदर सम्मान गरेको थियो ।


सो सम्मान सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूबाट कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरिएको थियो । बिभिन्न उद्योग ब्यापार ब्यबसाय, बैक, तथा बिमा कम्पनीहरुमा लगानी भएकोे प्रगतिशिल समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रिइन्सोरेन्समा पनि संचालक हुनुहुन्छ ।

प्रतिकृया