• 3:41 am

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री डा महत

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ०१:१९

१२ असार २०८०, काठमाडौँ: अर्थमन्त्री डा. प्रकाश शरण महतले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने कुनै तयारी नभएको स्पष्टीकरण दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन्।


‘यसमा कही कतै पनि शंका उब्जिने ठाउँ नदिन सरकारको सम्पूर्ण कोशिश हुन्छ। जिल्ला निर्वाचन आयोग खारेज गर्ने मनसाय छैन। जिल्ला निर्वाचन कार्यालयहरू जसरी रहेका छन् त्यसरी नै रहनेछन्। त्यसको स्वतन्त्र अस्तित्वका लागि सरकारले के गर्नुपर्यो ? सरकार तयार छ। यो खारेज हुँदैन। जसरी निर्वाचन आयोगले राख्न चाहन्छ। त्यसरी नै रहनेछन्। मेरो पार्टी र सरकार निर्वाचन कार्यालयको स्वतन्त्रतालाई कही पनि कम्प्रमाइज गर्न दिँदैनौं,’ उनले भने। “हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौँ । यो हाम्रो विश्वास हो”, मन्त्री महतले भने, “जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुनेछैन ।”


यसअघि आजको बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत ल्याउने प्रस्तावको विरोध गरेका थिए । उनीहरुको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

प्रतिकृया