• 9:10 am

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार १२:०२

१२ असार २०८०, काठमाडौँ: भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो ।


बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनको नाम मुछिएको थियो । गुरुङले उक्त जग्गामा लगानी गरेका थिए। सो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रतिकृया