• 3:53 am

शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक दुवईमा सम्मानित

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार १२:०३

१२ असार २०८०, काठमाडौँ: शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु International Achievers Conference (IAC) द्वारा दुबईमा आयोजित आयोजित अवार्ड कार्यक्रममा Outstanding International Leadership Achievers Award-2023 बाट सम्मानित भएका छन् । मारु शिवम् सिमेन्टको स्थापनाकाल देखिनै निर्देशकको रूपमा कार्यरत रहेका छन् ।


आईएसीले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ र यस वर्ष दुबईमा १६ औँ अवार्ड कार्यक्रम आयोजना गरेको थियो । आईएसीको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरूलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, विभिन्न राष्ट्रका महत्त्वपूर्ण योगदान पुर्‍याएका उत्कृष्ट उद्योगीहरूको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ ।

प्रतिकृया