• 10:05 am

बढ्यो सुन–चाँदीको मूल्य

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ११:१५

१२ असार २०८०, काठमाडौँ: मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला दुई सय रुपैयाँले नै बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँले कारोबार भइरहेको छ । त्यस्तै, सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ कारोबार भइरहेको थियो ।


मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया