• 4:23 am

नेपालबाट सामान निर्यातमा ठूलो गिरावट

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार ०५:३०

११ असार २०८०, काठमाडौँ: नेपालबाट विदेश निर्यात हुने वस्तुहरुमा ठूलो गिरावट आएको छ। गत वर्षको तुलनामा ४२ अर्ब रुपैयाँ बराबरको निर्यात घटेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ११ महिना अवधीमा १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।


गत आर्थिक वर्षको ११ महिना अवधिमा १ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । निर्यातसँगै वस्तु आयतसमेत यो वर्ष घटिरहेको छ। गत आर्थिक वर्षमा १७ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको वस्तु आयत भएको थियो। यस वर्ष १४ खर्ब ८० अर्बको मात्रै वस्तु आयत भएको भन्सार विभागले जनाएको छ ।


चालु वर्षको ११ महिनाको अवधिमा कुल ब्यपार घाटा १३ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको देखिएको छ ।

प्रतिकृया