• 4:19 am

‘आइएमई पे’ मा क्यासब्याकको वर्षा अभियानको निरन्तरता

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार ०४:४४

११ असार २०८०, काठमाडौँ: ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरूको प्रयोग गरी १५० रुपैयाँसम्म छुट पाउने छन् ।


एक हप्ताको अन्तरालमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।


‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

प्रतिकृया