• 6:45 am

कक्षा ११ र १२ को शुल्क विवरण काठमाडौं महानगरलाई बुझाउनुपर्ने

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार ०४:४२

११ असार २०८०, काठमाडौँ: काठमाडौं महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत निजी विद्यालयहरुको शुल्क नियमन गर्ने भएको छ।


महानगर भित्र पर्ने निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११र १२मा नयाँ शैक्षिक सत्र २०८०/८१का लागि लिइने शुल्क विवरण असार मसान्तभित्र बुझाउन निर्देशन दिएको हो । विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेश हुने शुल्क नै अन्तिम शुल्क हुनेछ। तोकिएभन्दा बढी शुल्क लिएमा कारवाही गर्ने महानगरले जनाएको छ।

प्रतिकृया