• 8:23 am

न्यायाधीश श्रीकृष्ण भट्टराईले दिए राजीनामा

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार ०३:३७

११ असार २०८०, काठमाडौँ: काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक संकट परेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।


आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमवार राजीनामा दिएका हुन् ।


‘म बहालवाला न्यायाधीशले सुनुवाइ समितिमा उजुरी हाल्दा कारणहरू पनि खुलाएको छु। त्यो कुराहरूमा समिति निष्पक्ष हुन्थ्यो भने उहाँ नियुक्ति हुने अवस्था पनि हुँदैनथ्यो,’ उनले भने, ‘यो एउटा सुधारको पाइला हुन्थ्यो। जसलाई मैले अयोग्य भनेर उजुरी गरेँ उहाँकै मातहतमा मैले असहज महसुस गरेँ।’


उनले प्राधनन्यायाधीशमा कार्की नियुक्ति भएपछि आफूले धेरै सोच विचार गरेको पनि बताए। तर न्यायालय सुध्रिने लक्षण नदेखिएपछि आफूले राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताएका छन्। बाहिरै बसेर न्यायालय सुधारको लागि काम गर्ने पनि उनले बताएका हुन्।

प्रतिकृया