• 7:35 am

गायक प्रकाश सपूतमाथि बोतल प्रहार

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार ११:५४

११ असार २०८०, काठमाडौँ: गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ । विदेशमा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार गरिएको हो ।


स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।


बोतल प्रहारपछि उनी प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिएको भिडियोमा देखिन्छ । रोमानियामा सांगीतिक कार्यक्रमका क्रममा उक्त घटना भएको हो । घटना आइतबार (हिजो)को भएको सामाजिक सञ्जालमा उल्लेख छ ।

प्रतिकृया