भोटेबहालमा इनारमा डुबेर दुई युवाको ज्यान गयो

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार ११:४५

1521700120 deadbody 2

११ असार २०८०, काठमाडौँ: काठमाडौंमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । भोटेबहालमा इनारमा खसेका युवालाई बचाउन गएका अर्का युवकको पनि मृत्यु भएको हो ।


झापा स्थायी घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


आज विहान ८ बजेतिर पानी तान्ने मोटर निकाल्न इनारमा पसेका दिपेन ननिस्किएपछि उनलाई बचाउन भन्दै जितेश पनि पसेका थिए । दुवैको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया