हामीले विद्यार्थीहरुलाई गर, कमाउ र सिक भन्ने अवधारणाका साथ अगाडि बढेका छौं : बैकुण्ठ श्रेष्ठ, प्रमुख, रामेछाप बहुप्राविधिक शिक्षालय (भिडियाे सहित)

प्रकाशित मिति

२०८० असार ८ गते, शुक्रबार ०४:०७

ramechhap

८ असार २०८०, काठमाडौँ: रामेछाप बहुप्राविधिक शिक्षालयका प्रमुख बैकुण्ठ श्रेष्ठसँगग मातृभूमिन्यूजका प्रधान सम्पादक सुवास कुँवरले रामेछाप बहुप्राविधिक शिक्षालयमा व्यवसायिक शिक्षाको अवस्था कस्तो छ, विद्यार्थी भर्ना, लाग्ने शुल्क तथा यसले उत्पादन गरेका विद्यार्थीहरु नेपालको रोजगारी बजारमा आफूलाई कसरी उभ्याइरहेका छन् आदि जस्ता विभिन्न विषयको सेरोफेरोमा रहेर कुरा गरेका थिए । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:


यस रामेछाप बहुप्राविधिक शिक्षालयमा डिप्लोमा स्तरको पढाई हुन्छ । डिप्लोमा इन भेटनरी साइन्स, डिप्लोमा इन एनिमल साइन्स र एग्रीकल्चर गरी कृषि सम्बन्धी तीनवटा विषयमा यस शिक्षालयमा पढाई भैरहेको छ । यहाँ फस्र्ट इयर, सेकेण्ड इयर र थर्ड इयर गरी ४०, ४० जना विद्यार्थीहरु छन् । यहाँ विद्यार्थीहरुलाई सेमेस्टरको रुपमा र वार्षिक रुपमा पढाई भैराखेको छ । विद्यार्थीहरुले पहिलो वर्ष साइन्स, म्याथ, फिजिक्स, केमिस्ट्री, नेपाली र अंग्रेजी अध्ययन गर्दछन् भने सेकेण्ड र थर्ड इयरमा कृषि सम्बन्धी विशेष प्याकेजको अध्ययन गर्ने गर्दछन् ।


उनीहरुले पढाईको साथसाथै फिल्डमा काम गर्ने गर्दछन् । कृषि क्षेत्रमा उनीहरुले फिल्डमा काम गर्दा खेरि खनजोत गर्ने, काम सिक्ने, माटो परिक्षण गर्ने, इरिगेसन सम्बन्धी काम सिक्ने, बोटविरुवाहरु बनाउने, बिउलाई नर्सरी बनाउने, फिल्डमा मोच्चीङ गर्ने लगायत विभिन्न कामहरु उनीहरु सिक्छन् । फिल्डमा काम गर्दा गर्दै उनीहरुले बीउ बनाउने, बीउ बनाइसकेपछि विरुवा बनाउने, बिरुवा बनाइसकेपछि रोप्ने गर्दछन् । त्यसपछि त्यो हुर्केर फल दिन थालेपछि त्यो उत्पादन उनीहरु आफै बजारमा गएर विक्रि गर्ने काम हुन्छ । यसरी विद्यार्थीहरुले कृषि सम्बन्धी काम गर्दा गर्दै व्यापार गर्न पनि सिक्छन् । यसरी उनीहरुले पढाईकै अवधिमा पनि केही रकम आम्दानी गर्न समर्थ हुन्छन् । यसरी हामीले गर, कमाउ र सिक भनेर नारा दिएर उनीहरुलाई हौसला दिइरहेका छौं । उनीहरुले आफैले गरेको उत्पादनलाई बजारीकरण गराएर, हामीले हरेक कृषिमा तरकारी उत्पादन गर्ने, फलफुल उत्पादन गर्ने, मल उत्पादन गर्ने, उनीहरु आफै सहभागी भएर काम गरेर सिकेपछि उनीहरु पढेर गएपछि पनि आफै सक्षम भएर आफ्नो खुट्टामा उभिन सजिलै सक्दछन् भन्ने हाम्रो दाबी छ ।


हामीले हाम्रो शिक्षालयमाा गाई पालिराखेका छौं । गाईको स्याहार सुसार गर्ने, गाईको मलमूत्रहरु उठाउने, गाईको स्वास्थ्य परिक्षण गर्ने, गाईलाई कुन दाना ख्वाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिने काम भैरहेको छ । त्यसैगरी हामीले बाख्रापालन गरेका छौं । हामीले वैज्ञानिक तरिकाले वाख्रा पालन गरिराखेका छौं । हामीले विद्यार्थीहरुलाई गर, कमाउ र सिक भनेर गर्ने गरेको छौं । त्यसैगरी हामीले छोटो अवधिको ३९० घण्टाको तालिम पनि दिने गरेका छौं । यो हामीले कृषि क्षेत्रमा जस्तै च्याउ खेती, अफ सिजन भेजेटेबल, एनिमल हेल्थ वर्कर जस्ता तालिमहरु दिने गरेका छौं । हामीले विद्यार्थीको सुविधाको लागि गल्र्स होस्टेल र ब्याइज होस्टेल संचालन गरिराखेका छौं । नेपाल सरकारले सीटीइभिटी मार्फत विद्यार्थीहरुलाई सम्पूर्ण खर्च व्यहोर्ने गरी उनीहरुलाई सुविधा दिएर कक्षा संचालन गर्दैछौं । विद्यार्थीहरुले ५ पैसा पनि खर्च गर्नुपर्दैन । विद्यार्थीहरु अन्तिम वर्षमा पुगेको छ । त्यस्तै पूर्ण स्कलरशिप पनि छ जसलाई हामीले विशेष स्कलरशिप भन्ने गरेका छौं जसमा २० जना विद्यार्थीहरु छन् । हामीले पहिलो वर्षको लागि फिजिक्स ल्याब, केमेस्ट्री ल्याब, बोटानी, जुलोजी ल्याबहरु पनि छ । हामीसँग प्रचुर मात्रामा एग्रीकल्चरको विद्यार्थीको लागि खेती योग्य जमीनमा परिवर्तन गर्न सफल भएका छौं । यहाँ रातो माटो छ जुन खेती योग्य होइन, तैपनि हामीहरुले मलहरु प्रयोग गरेर, विभिन्न किसिमको मलहरु ल्याएर, चारकोलहरु उत्पादन गरेर विशेष उत्पादनको लागि माटोलाई भिन्न किसिमले बनाएका छौं । आउने दिनमा यसलाई निरन्तर दिने बाचा पनि गरेका छौं । त्यसैगरी गाउँघरका किसानहरुलाई हामीले बीउ सित्तैमा वितरण गर्ने गरेका छौं । हामीले फुलका विरुवाहरु पनि विद्यार्थीको थोरै कस्ट राखेर विक्रि वितरण गर्ने गरेका छौं । हामीले यो वर्ष ४, ५ जना विद्यार्थी मिलेर १५०० बबल च्याउ भन्दा बढी विक्री गरेका छौं जसले गर्दा विद्यार्थीले मनग्गे आम्दानी गरेको छ ।


विद्यार्थीले तिर्ने शुल्कको कुरा गर्दा तीन वर्षमा ६० हजार रुपैयाँ फि तिर्नुपर्दछ । विद्यार्थीको शैक्षिक भ्रमणको लागि ९ हजार र धरौटीको रुपमा हामीले ५ हजार रुपैयाँ राख्नुपर्दछ । यसको अलावा कुनै पनि विद्यार्थीले कसैलाई पनि पैसा दिनुपर्ने आवश्यकता छैन । त्यस्तो कहीं कतै सुन्न आएको छ भने त्यो गलत पनि हुनेछ । म के कुरा विश्वस्त गराउँछु भने पैसाको हकमा ६० हजार भन्दा बढी लाग्ने छैन । यो कृषि क्षेत्रमा भविष्य एकदम राम्रो छ । त्यसकारण सम्पूर्ण भाइबहिनीहरुलाई माटोमा नै काम गर्न अनुरोध गर्दछु र आगामी दिनमा उत्पादन बढाउनेछ भन्ने आशा गर्न चाहन्छु । निकट भविष्यमा चाहिं एग्रीकल्चर सम्बन्धी थप कोर्स संचालन गर्ने योजनामा हामी छौं । विभिन्न संघ संस्था तथा एग्रीकल्चर उद्योगमा हामीले विद्यार्थीलाई पठाउने गरेको छौं जसले गर्दाखेरि विद्यार्थीहरुले सिकेको कुरालाई कृषकसँग बसेर फिल्डमा यहाँ गरेको भन्दा धेरै सिक्छन् र यसले देशको कृषि क्षेत्र र विकासमै विशेष योगदान पु-याउँछ ।


यो स्कुलमा हामीले विशेष गरेर कृषि सम्बन्धी विद्यार्थी भाइबहिनीहरुको उत्पादन गर्ने गरेका छौं । यसले देशको विकासमा ठूलो योगदान गर्न सक्दछ । आउँदा दिनहरुमा विद्यार्थीहरु पनि बढी भन्दा बढी लिएर अगाडि बढ्नेछौं । यो वर्ष कम विद्यार्थी भए पनि हामी उत्साहका साथ अघि बढीरहेका छौं । आउँदा दिनमा सिट अनुसारको विद्यार्थी भर्ना हुन्छन् भन्ने आशा राखेका छौं । कृषिमा हाम्रो देशमा भैरहेको कमीकमजोरीहरुलाई समाधान गर्ने तर्फ केही टेवा पु-याउन सक्दछौं भनेर आशा राखेका छौं ।

प्रतिकृया