जेएमसिको भिगस् प्लस् पिकअपमा आकर्षक फाइनान्स सुविधा

प्रकाशित मिति

२०८० असार ८ गते, शुक्रबार ०१:४०

353722759 257093976962487 3788074567418273581 n e1687506918796

८ असार २०८०, काठमाडौँ: छोटो समयमै नेपाली बजारमा राम्रो प्रभाव पार्न सफल ब्राण्ड जेएमसिले भिगस् प्लस् नामक आफ्नो पिकअप गाडी खरिदकर्ताका लागि आकर्षक फाइनान्स अफर लिएर आएको छ । यस अफर अन्तर्गत खरिदकर्ताहरुले ७५ प्रतिशत फाइनान्समा भिगस् प्लस् गाडीलाई आफ्नो बनाउन सक्नेछन् ।


खरिदकर्ता कै सहजताका लागि भनेर अफर अन्तर्गत २४ घण्टा भित्र डेलिभरी , आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहार समेत जेएमसिले दिँदै आएको छ । त्यसका साथै सोरुम नधाइकन टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसिले डुवरस्टेप सुविधा पनि लिएर आएको छ जसमा जेएमसिका कर्मचारीहरु गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरै सम्म पुग्‍नेछन् ।


नेपालमा शंकर ग्रुपको मातहतमा रहेको शौर्य ग्रुप आधिकारिक विक्रेता रहेको जेएमसि एक चाइनिस सवारी साधन कम्पनी हो । फो व्हिल डाइभ भएको भिगस् प्लस् मोडलको पिकअप जस्ता अत्याधुनिक र गुणस्तरका गाडी उत्पादन गर्ने जेएमसिले चीनको बजारमा बलियो प्रवाभ पार्न सफल बनिसकेको छ । चीनमा जेएमसिका ट्राभलर भ्यान र कार्गो ट्रक लगायतका अन्य अरु सवारी साधन पनि उपलब्ध रहेका छन् । चिनियाँ बजारको अपार सफलता पछि नेपाल भित्रिएको जेएमसिले आगामी दिनमा नेपाल भित्र अन्य अरु मोडलका गाडीहरु पनि भित्राउने योजना राखेको छ ।

प्रतिकृया