• 6:11 am

राजनीतिको लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाऔं : सांसद श्रेष्ठ

प्रकाशित मिति

२०८० असार ६ गते, बुधबार ०३:०३

६ असार २०८०, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिको लडाइँमा विद्यार्थीहरूलाई विवश नबनाउन आग्रह गरेकी छन्। बुधबारको प्रतिनिधि सभा सदस्यको बैठकमा उनले हात जोडेर राजनीतिक लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाउन आग्रह गरेकी हुन्। आर्थिक वर्ष २०८०/८१को बजेटमा मन्त्रालयगत छलफल चलिरहेको छ।


‘राजनीतिक दलहरूका भ्रातृ संगठनरूपी शिक्षक र विद्यार्थीहरूको साँढे जुधाईमा वास्तवमा पढ्न मात्रै चाहने विद्यार्थीहरू बाछोको मिचाइमा परिरहेका छन्। राजनीतिको लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाऔं,’ उनले हात जोडेर भनिन्, ‘प्लिज विवश नबनाऔं। उहाँहरूलाई होस्टेज नराखौं। त्यसैले म माग पनि गर्न चाहन्छु।’


अब भ्रातृ संगठनहरू जरूरी नभएको भन्‍दै उनले विद्यार्थीहरूलाई राजनीतिमा नतान्न अनुरोध गरेकी हुन्।


‘जति पनि भ्रातृ संगठन थियो। उहाँहरूले दिनुपर्ने दिइसक्नुभयो। जबसम्म बिरामी हुन्छ त्यतिबेला सम्म ओखती लिने हो। बिरामीबाट निको भइसकेपश्चात चाहिँदैन नि त्यो,’ उनले भनिन्।

प्रतिकृया