अदालतले नागरिकता सम्बन्धी मुद्दालाई चाँडो टुंगो लगाउनुपर्नेमा विलम्ब गरिरहेको छ : सांसद सिंह

प्रकाशित मिति

२०८० असार ६ गते, बुधबार ०१:३५

amresh e1684650104348

६ असार २०८०, काठमाडौँ: स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन्।


बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सिंहले नागरिकलाई न्यायोचित व्यवहार गर्न सरकार चुकेको बताउँदै छिटोभन्दा छिटो कानुन बनाउन माग गरेका छन्।


उनले नागरिकता नपाएर माइतीघर मण्डलमा धर्नामा बसेका जन्मसिद्धका छोराछोरीमाथि दमन गरेको बताए। अदालतले पनि नागरिकतासम्बन्धी मुद्दालाई चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्नेमा विलम्ब गरिरहेको उनको आरोप थियो।


‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने?,’ सांसद सिंहले प्रश्न गरे।


सांसद सिंहले भने, ‘केही दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् । साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नु भएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाइज हुनुहुन्छ । एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चेकेकै छन् । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने । त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरूसँग जुट व्यवहार भएको छ । त्यसको भर्त्सना गर्न चाहन्छु । किनकि कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु । ’

प्रतिकृया