• 7:57 am

मात्र ९० मा समर सेल अफर

प्रकाशित मिति

२०८० असार ६ गते, बुधबार ०१:३७

६ असार २०८०, काठमाडौँ: केटीएम सिटीको ‘समर क्लियरेन्स सेल अफर’ सार्वजनीक भएको छ । समर सिजनलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । ग्राहकहरुले समर क्लियरेन्स सेल अफरमा ९० रुपैयाँमा केटीएम सिटीको लुगा प्राप्त गर्न सक्नेछन् ।


अफरको मुल्य ९० रुपैयाँबाट सुरु हुनेछ । ‘यस अफरमा ९० रुपैयाँदेखिको सुलभ मुल्यमा समर सिजनका लुगा सर्वसाधारणले प्राप्त गर्न सक्नुहुनेछ ।’ केटीएम सिटीले भनेको छ । यो अफर केही सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । यो अफर अनलाइन र नजिकैको केटीएम सिटीको आउटलेटमा सर्वसाधारणले प्राप्त गर्न सकिनेछ ।


नेपाली ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराईरहेको छ । केटीएम सिटी नेपाल सहित भारत, क्यानडा सहित अन्तराष्ट्रिय बजारमा समेत विस्तार
भएको छ ।

प्रतिकृया