• 12:33 pm

आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर

प्रकाशित मिति

२०८० असार ६ गते, बुधबार १२:०६

६ असार २०८०, काठमाडौँ: ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।


अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिराहाका तत्कालीन प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारले उजुरी निबेदन दर्ता गर्न सेवाग्राहीसँग रु.९,०००।- घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज सचिन कुमार भदैसवारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिमको कसुरमा विगो रु.9,000।–(नौ हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा 3 को उपदफा (१) को देहायको (क) बमोजिम कैद र विगोबमोजिम जरिवाना हुन मागदावी लिई आयोगले हिजो विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेकाे थियाे ।

प्रतिकृया