धुर्मुस सुन्तली फाउण्डेशनले चुक्ता गर्न बाँकी करमा सरकारले छुट दिने निर्णय

प्रकाशित मिति

२०८० असार ६ गते, बुधबार ०७:५७

NP KTM RATL1155 1024x683 1 e1687313512715

६ असार २०८०, काठमाडौँ: सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ।


मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।


यस्तै, बैठकले नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।


‘धुर्मुस सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुलउपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ,’


उनले भनिन्,’नेपाल–चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ।’

प्रतिकृया