
आत्मविश्वास र ताजगीको साथ नजिक हुन युवाहरुलाई प्रोत्साहन गर्दै क्लोजअपको फर्स्ट मुभ #NajikAau डिजिटल अभियान सफलतापूर्वक सम्पन्न
प्रकाशित मिति
२०८० असार ४ गते, सोमबार ०३:२६

४ असार २०८०, काठमाडौँ: क्लोजअप नेपालले फर्स्ट मुभ #NajikAau डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको छ । युवाहरुमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन प्रोत्साहन गर्न यस क्याम्पेनको मुख्य उद्देश्य रहेको थियो । दाँतको स्वास्थ्य सम्बन्धि सामग्री उत्पादन गर्ने ब्रान्ड, क्लोजअपले युवाहरुमा आत्मविश्वास र सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ । सहभागीहरूको सकारात्मक प्रतिक्रियाको साथ, यस अभियानमा २५०० प्रयोगकर्ताले टिकटक भिडियो बनाएका छन् जसले सोसियल मिडिया प्ल्याटफर्महरूमा सकारात्मक ऊर्जाको लहर सिर्जना गर्यो ।
प्रतिभाशाली सुशान्त केसीको रचना तथा गायन रहेको अभियानको थिम गीत, ‘नजिक आउ’ ले दर्शकहरुमा गहिरो प्रभाव परेको थियो। यस गीतले युट्युबमा २० लाख भ्युज र फेसबुक र इन्स्टाग्राममा कुल ७२ लाख भ्युज पाएको थियो । यस अभियानलाई ३७ जना सोसियल मीडिया इन्फ्लुयेन्न्सरको उत्साहजनक सहभागिताले अझ प्रभावशाली बनाउन मद्दत गरेको थियो ।
अभियान सहभागीहरु मध्ये सुश्री निमा याङ्ग्चेन ह्योल्मोले आफ्नो भिडियो सबै भन्दा धेरै भ्युज (३७) लाख) पाएर बिजेता बन्न सफल भईन र उपहार स्वरुप रु. एक लाख जितिन् । त्यसैगरी ट्विन्स ब्रोडर फ्युजनले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोश्रो पुरस्कार स्वरुप रु. ५० हजार हासिल गरेका छन् ।
साथै आफ्नो नवीन र रचनात्मक क्षमता प्रदर्शन गरेका श्री जस्टिन बोगटी, श्री किशोर क्यामरबाबा र सुश्री श्रुतीले तेस्रो पुरस्कार स्वरुप आफ्ना प्रियजनसँग रोमान्टिक स्पा डेट एक्स्पेरियेंस हासिल गरेका छन् । त्यसैगरी श्री रवि लामा, सुश्री शर्मिला मगर, श्री मनजित, श्री राकेश, र श्री टोपेन्द्र शाहीलाई अभियानमा उनीहरूको सहभागिता र प्रयासको लागि सम्मान गरिएको थियो र प्रशंसाको प्रतीकको रूपमा क्लोजअपबाट आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेका छन् ।
क्लोजअप फर्स्ट मूभ #NajikAau अभियानलाई उत्कृष्ट सफलता प्रदान गर्ने सबै सहभागीहरू, इन्फ्लुइन्सरहरू र समर्थकहरूप्रति आभार व्यक्त गरेको छ ।
प्रतिकृया