• 9:03 am

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको शपथ आजै

प्रकाशित मिति

२०८० असार १ गते, शुक्रबार ०४:४४

१ असार २०८०, काठमाडौँ: प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।


राष्ट्रपति कार्यालयले आज साँझ सवा पाँच बजे कार्कीको शपथ राखेको छ । सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले आजै कार्यभार सम्हाल्नेछन् । सर्वोच्चले कार्कीको कार्यभार ग्रहणमा पत्रकारहरूलाई निमन्त्रणसमेत गरेको छ ।

प्रतिकृया