आज प्रस्तावित प्रधानन्यायाधीशसँग सांसदहरूको सवाल–जवाफ

प्रकाशित मिति

२०८० असार १ गते, शुक्रबार ०८:३६

Hari Krishna karki Deputy CJ e1686556600313

१ असार २०८०, काठमाडौँ : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । हिजाे (बिहीबार) सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज पनि सुनुवाइका लागि बोलाइएको हो ।


बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गरेका थिए । आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् ।


कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ । बैठक आज बिहान ८ बजेका लागि बोलाइएको छ ।

प्रतिकृया