आज नेप्से परिसूचक सामान्य अंकको बढ्याे

प्रकाशित मिति

२०८० जेष्ठ ३२ गते, बिहीबार ०४:४०

nepse2 e1678356546383

३२ जेठ २०८०, काठमाडौँ : आज (बिहिबार) नेप्से परिसूचकमा सामान्य अंकको बृद्धि भएको छ ।आज सेयर बजार ५ अंकले बढेर २०४२.०७ को बिन्दुमा कायम भएको हो । नेप्से सामान्य रुपमा बढेपनि आज कारोबार रकम बुधबारको तुलनामा आज केहि खुम्चियो । आज ३ अर्ब १६ करोड २८ लाख १० हजार माथिको कारोबार भएको हो ।


आज ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । सेयर बजार झिनो अंकले बढेसँगै आज पनि सिटी होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, आज अभियान लघुवित्तको ९.२०, बिपिडब्लु लघुवित्तको ८.२०, कालिका लघुवित्तको ८.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।


सेयर बजारमा सामान्य सुधार आँउदा आज शिवम् सिमेन्ट्सको सेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ। आज कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, नेपाल लाइफ, आइजीआई प्रुडेन्सियल, हिमालयन डिष्टिलरी, नेशनल हाईड्रोपावार, सूर्या ज्योति लाइफ, अपर तामाकोशी, नेपाल बैंक र चिलिमेको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।


कारोबारको अन्तिम दिन सेयर बजार झिनो अंकले बढेपनि केही कम्पनीहरुको सेयरमूल्यमा सामान्य गिरावट आएको छ । आज भुगोल इनर्जि डेभलपमेन्टको सेयरमूल्यमा ५.८६ प्रतिशतले सर्वाधिक घटेको छ ।


त्यस्तै, आज मल्टीप्रोपोज फाइनान्स कम्पनी, मिरमिरे लघुवित्त, साधना लघुवित्त, एनएमबि माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

प्रतिकृया