• 5:10 pm

नेशनल लाइफको ३५औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०८० जेष्ठ २३ गते, मंगलवार ११:२२

२३ जेठ २०८०, काठमाडौँ : कम्पनीको ३५औं वार्षिक साधारण सभा हिजाे कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलता पूर्वक सम्पन्न भएको छ ।


सभामा अध्यक्षले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७८र०७९ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गर्नु भयो ।


आ.व.२०७८र०७९ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ ।कम्पनीको कूल बीमा शुल्क १५ प्रतिशतले बृद्धि भई रु.१,४४०.७६ करोड पुगेको छ । जीवन बीमा कोष २०.८४ प्रतिशतले बृद्धि भईरु.५,०८०.४२ करोड पुगेको छ । कूल लगानी १९.८५ प्रतिशतले बृद्धि भई रु.४,७०३.९२ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र सो आ.व.२०७८र०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।


नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रृयामा छ । विशेष गरी घरजग्गा ब्यवसाय र जल विद्युतमा लगानी बढाउन तर्फ कम्पनीले प्रयास गर्नेछ । यस्तै एक सहायक लगानी कम्पनी स्थापना गर्ने तर्फ पनि आ.व.२०७९र०८० मा प्रक्रृया अगाडि बढाइनेछ ।

प्रतिकृया