सीमासम्बन्धि समस्या समाधान गर्न मोदीलाई आग्रह गरेँ: प्रधानमन्त्री दाहाल
प्रकाशित मिति
२०८० जेष्ठ २२ गते, सोमबार १२:३६

२२ जेठ २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण परिणाममुखी भएको भएको दाबी गरेका छन् । सोमबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “यसपटकको मेरो भारत भ्रमण तुलनात्मकरूपमा सफल मात्रै होइन, परिणाममुखी पनि भयो ।”
उनले आफ्नो भारत भ्रमणपछि द्विदेशीय सम्बन्ध सप्रिने बताएका छन् । “भारतीय प्रधानमन्त्री महामहिमले दुई देशको सम्बन्ध हिमालयको उच्चाइमा पुर्याउनुपर्छ भनेर पहिलोपटक बोल्नुभएकव छ । सन् २०१४ मा हाम्रो संसद्लाई सम्बोधन गर्दाखेरि सम्बन्ध ‘हिट’ हुन्छ भन्नुभएको थियो । अब मेरो भ्रणमपछि ‘सुपरहीट’ हुन्छ । यसमा हामी सबैले खुसी मनाउनुपर्छ,” उनले भनेका छन् ।
उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकीर समेत गरे। प्रधानमन्त्री दाहालले भने,‘भेटवार्तामा सीमा सम्बन्धि विषयहरुमा गम्भिर रुपले छलफल भएको छ । सीमा सम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भिर ढंगले आग्रह गरेको छु । यहाँहरुलाई थाहानै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धि विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’
प्रतिकृया