ओडिशा रेल दुर्घटनामा मृतक हुनेको संख्या २८० नाघ्यो
प्रकाशित मिति
२०८० जेष्ठ २० गते, शनिबार १२:२७

२० जेठ २०८०, काठमाडौँ : भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० नाघेको छ । शुक्रबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा २८८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । त्यस्तै दुर्घटनामा करिब ९ सय जना घाइते भएका छन् ।
ओडिशा सरकारका मुख्य सचिव प्रदीप जेनाका अनुसार अहिले पनि दुर्घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको छ । उद्धारका लागि २०० भन्दा बढी एम्बुलेन्स खटाइएको उनले बताए ।
भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । ओडिशा अग्नि सेवाका महानिर्देशक सुधाशु सारंगीले उद्धार कार्य भइरहेको र धेरै जना गम्भीर घाइते भएको बताएका छन् ।
भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।
प्रतिकृया