• 11:33 am

सीटीईभीटीका कर्मचारी सवार गाडी सुनकोशीमा दुर्घटना

प्रकाशित मिति

२०८० जेष्ठ १९ गते, शुक्रबार ०१:१२

१९ जेठ २०८०, काठमाडौँ: सीटीइभीटीको गाडी सुनकोसी नदीमा खसेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट गाडी नदीमा खसेको हो।


काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएको प्रहरीले जनाएको छ। गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्किएको प्रारम्भिक जानकारी आएको छ। गाडी पूरै नदीमा डुबेको र निकाल्न नसकिएको कारण अन्यको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।


गाडीमा सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्थानीय र प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ।

प्रतिकृया