• 6:30 am

पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आयो

प्रकाशित मिति

२०८० जेष्ठ १९ गते, शुक्रबार १२:१४

१९ जेठ २०८०, काठमाडौँ : भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ चार पैसा र डिजेलमा २ रूपैयाँ ११ पैसा बढाएर पठाएको छ।


त्यस्तै, हवाइ इन्धननमा सात रूपैयाँ र खाना पकाउने एलपिजी ग्यासमा ४९ रूपैयाँ घटाएर पठाएको छ।


हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५, डिजेल र मट्टितेल एक सय ५५, हवाइ इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट अमेरिकी डलर र खाना पकाउने एलपिजी प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

प्रतिकृया