• 2:52 pm

अमेरिका र एप्पल कम्पनीले आइफोन ह्याकिङ गर्ने गरेको रुसी जाँच ब्युरोको दाबी

प्रकाशित मिति

२०८० जेष्ठ १९ गते, शुक्रबार ११:५३

१९ जेठ २०८०, एजेन्सी : रुसी संघीय जाँच ब्युरोले अमेरिका र एप्पल कम्पनीले सर्वसाधारणका फोन ह्याक गर्ने गरेको दाबी गरेको छ । रुसी साइबर सेक्युरिटी कम्पनी क्याप्सरस्कीसँगको अनुसन्धानपछि संघीय ब्युरोले ह्याकिङ गर्ने गरेको दाबी सार्वजनिक गरेको हो ।


विशेषतः आइफोन प्रयोगकर्ताहरुका फोन ह्याकिङ हुने गरेको पाइएको ब्युरोको भनाइ छ । रुसभित्र सञ्चालमा रहेका हजारौं फोन ह्याकिङ भईरहेको र ह्याकिङ हुनेहरुमा केही उच्च पदस्थ रुसी अधिकारीहरु, ब्यापारीहरु र सर्वसाधारण रहेको जनाइएको छ ।


यस्तै चीन र इजरायलका केही उच्च अधिकारीहरुका फोन पनि ह्याकिङ भइरहेको दाबी पनि गरिएको छ । तर, चीन र इजरायली अधिकारीहरुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया भने जनाएका छैनन् ।


एप्पलका मोबाइल फोनमा बनाउँदा नै त्यो खालको प्रविधि जडान भएको र केही सन्देश जस्तो आउने गरेको पाइएपछि त्यसको जाँच गर्दा ह्याकिङ भएको खुलासा रुसी जाँच ब्युरोले गरेको छ ।

प्रतिकृया