• 5:31 pm

नागरिक कम्युनिटी टिचिङ अस्पतालद्वारा यही आउने शनिवार निःशुल्क प्रोस्टेट ग्लाण्ड सम्बन्धी शिविर

प्रकाशित मिति

२०८० जेष्ठ १८ गते, बिहीबार ०३:२६

१८ जेठ २०८०, काठमाडौँ: भक्तपुरको गट्ठाघरमा स्थित नागरिक कम्युनिटी टिचिङ अस्पतालले यही आउँदो जेठ २० गते शनिवारका दिन प्रोस्ट्रेट ग्लान्डसम्बन्धी समस्याहरुको समयमै पहिचान गर्नको लागि मानव अंग प्रत्यारोपण केन्द्रका विभागीय प्रमुख तथा नागरिक अस्पतालका वरिष्ठ युरोलिष्ट डा. दिपेश श्रेष्ठद्वारा निःशुल्क स्वास्थ्य जाँच डाक्टर परामर्श संचालन गर्न गइरहेको छ । उक्त स्वास्थ्य जाँच कार्यक्रम बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म संचालन हुनेछ ।


उक्त निःशुल्क स्वास्थ्य सेवाको आयोजक सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र भक्तपुर र नागरिक कम्युनिटी टिचिङ अस्पताल रहेका छन् । उक्त अवसरमा सेरम क्रियटीनीन, युरिन रुटिन चेकअप र ब्लड सुगर टेस्ट निःशुल्क हुने जनाइएको छ ।


मातृभूमिसँग कुरा गर्दै अस्पतालका कार्यकारी मेडिकल डाइरेक्टर डा. अशोक कुमार राईले सम्बन्धित व्यक्तिहरुलाई सो निःशुल्क शिविरबाट फाइदा उठाउन आग्रह गरेका छन् ।

प्रतिकृया