• 3:55 pm

प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

प्रकाशित मिति

२०८० जेष्ठ १७ गते, बुधबार ०२:४०

जेठ १७, २०८०, काठमाडौँ : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।


प्रचण्ड सरकारमा कांग्रेस उपसभापति समेत रहेका खड्का दोस्रो वरियतामा छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक तोकेका हुन् । प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले गर्नेछन्।

प्रतिकृया