निगमसँग रहेका दुई वटा चिनियां जहाजहरु ग्राउण्डेड सम्बन्धमा संसदमा समेत प्रश्न उठेको प्रति गम्भिर ध्यानाकर्षण
प्रकाशित मिति
२०८० जेष्ठ १६ गते, मंगलवार ०५:१९

जेठ १६, २०८०, काठमाडौँ : निगमसँग रहेका MA-60 र yt2E (चिनियां जहाजहरु) ग्राउण्डेड भएको सम्बन्धमा सम्मानित संसदमा समेत प्रश्न उठेकोले निगमको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।
निगमसँग रहेका दुई वटा MA-60 र तीन वटा y12E चिनियां जहाजहरुको सम्बन्धमा विभिन्न समयमा गठित अध्ययन समितिहरुको सिफारिसको आधारमा उक्त जहाजहरु सञ्चालन गर्न प्राविधिक, ब्यवसायिक र आर्थिक रुपमा अनुपयुक्त भएको, बिमा खर्च तथा इन्धन खपत अत्याधिक रहेको, सिमित यात्रु बहन क्षमता र जगेडा पार्टपुर्जामा समस्या रहेको, यी जहाजहरु संचालनमा रहँदा आ.व. २०७१/०७२ देखि २०७५/०७६ सम्म यी जहाजहरुको संचालन घाटा रु ७७,७४,१०,१४३ र कुल घाटा रु १,९०,६९,३३,११४ भएको र अझै संचालन मै राखिरहँदा निगमलाई आर्थिक बोझको रुपमा दायित्व थप हुदै गएको र विभिन्न प्राविधिक कठिनाई समेत झेलिरहन परेको कारण जनाउँदै तत्कालिन माननीय मन्त्री श्री योगेश कुमार भट्टराईज्यूको कार्यकालमा मिति २०७७/३/१६ मा निगमका तत्कालिन कार्यकारी अध्यक्ष श्री सुुशिल घिमिरेज्यूको अध्यक्षतामा बसेको निगम सञ्चालक समितिको बैठकले उक्त जहाजहरु मिति २०७७/४/१५ देखि सञ्चालनमा नल्याउने निर्णय गरेको थियो ।
तत्पश्चात् उक्त जहाजहरुलाई व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न विकल्प सहित तत्कालिन महाप्रवन्धक श्री डिमप्रकाश पौडेलद्वारा गरिएको पत्राचार अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७७/१२/४ को निर्णय बमोजिम लिजमा दिन वा विक्री प्रक्रिया अगाडि बढाउन मिति २०७७/१२/१२ मा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत निर्देशन भएको थियो ।
यसै बीचमा निगमको नेतृत्व वर्तमान व्यवस्थापनले सम्हाले पश्चात् उक्त जहाजहरु मर्मत गरी सञ्चालन गर्न सकिन्छ कि भनेर मिति २०७८/७/२२ मा एक उप–समिति गठन गरि अध्ययन प्रक्रिया अगाडि बढाइएकोमा पाइलट एवम् पार्टपूर्जा अभाव लगायतका कारणले सञ्चालन गर्न कठिनाइ भएको र सो भन्दा अगाडि भएको सञ्चालक समिति एवम् नेपाल सरकारको उपरोक्त निर्णय समेतको कारण पुनः सञ्चालन प्रक्रिया अगाडि बढाउन नसकिने अवस्था रह्यो ।
नेपाल सरकारको निर्णय एवम् निगमको सञ्चालक समितिको मिति २०७९/५/२३ को निर्णय बमोजिम उक्त जहाजहरु लिजमा दिनको लागि निगमले मिति २०७९/५/२९ मा नियमानुसार पैतालिस दिनको र मिति २०७९/७/१६ मा पुनः पन्ध्र दिनको सार्वजनिक सूचना जारी गरेको थियो । दुबै पटक कुनै पनि आवेदन नपरे पछि नेपाल सरकारको निर्णयानुसार उक्त जहाजहरु विक्रि प्रक्रिया अगाडि बढाउनको लागि जहाजहरुको मूल्याङ्कनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यी जहाजहरुको व्यवस्थापन गर्ने सन्दर्भमा निगमको संचालक समितिको निर्णय एवम् तालुकदार मन्त्रालयको समन्वयमा अगाडि बढाउने व्यहोरा जानकारी गराइन्छ ।
प्रतिकृया