• 2:44 am

एक वर्षमा सेवाग्राहीले अनुभूती गर्ने गरी काम गरेका छौं : नगर प्रमुख राजकुमार नकर्मी

प्रकाशित मिति

२०८० जेष्ठ १६ गते, मंगलवार ०१:५१

जेठ १६, २०८०, काठमाडौँ : कीर्तिपुर नगरपालिका पुरातात्विक ससम्पदायुक्त सहर हो । कला, सम्पदा र सँस्कृतिको धनी सहरको रुपमा कीर्तिपुर नगरपालिका चिनिदै आएको छ । २०७९ साल वैशाख ३० गतेसम्म स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित हुनु भएका नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको पाँच वर्षे कार्यकालको एक वर्ष पुरा भएको छ ।यस सन्दर्भमा नगरपालिकाले गरेको कामका बारेमा संवाददाताले नगर प्रमुख राजकुमार नकर्मी सँग लिनु भएको अन्तवार्ता ।


कीर्तिपुरमा जनप्रतिनिधि आएको एक वर्षमा देखिने काम के के काम भएका छन् ?
नगरपालिकामा भौतिक पूर्वाधारमा धेरै काम भएका छन् । पूर्णरुपमा भौतिक पूर्वाधारको काम नभएपनि सन्तुष्ट लिन सकिने गरी काम भएका छन् । बढि जसंख्या लाभाविन्त हुने गरी मागका आधारमा हामीले नगरपालिका क्षेत्रमा भौतिक पूर्वाधारको काम गरेका छौं । खानेपानीको हकमा सुन्दरीघाटमा पाइप विछ्याउने कार्य भएको छ । मेलच्चीको पानी वितरणमा व्यवस्थापनका लागि काम भइरहेको छ । खानेपानी लागि ट्यांकी निर्माण गर्ने काम भइरहेको छ । खानेपानीको कीर्तिपुरमा मेलम्चीको पानी वितरण भएपछि खानेपानीको समस्या करिब अन्त्य हुँनेछ । पुरातत्वाविक सम्पदा क्षेत्रमा भने सडक बनाउने पर्ने छैन । नयाँ वस्ती क्षेत्रमा भने बाटो बनाउन दुबैतर्फ वाल लगाएर काम गर्नुपर्नेछ । त्यसले गर्दा लगात अली बढि लाग्ने गरेको छ ।


कीर्तिपुर नगरपालिकाले यस अवधिमा नगरबासीले अनुभव गर्ने गरी गरेका काम केके भए ?
नगरपालिकाले एक वर्षमा कीर्तिपुर अस्पतालमा कीर्तिपुर नगरपालिका स्थानीय बासीले ५० प्रतिशत उपचारमा छुट दिने काम शुरु गरेका छौं । शिक्षा क्षेत्रमा स्नातक तहसम्म निःशुल्क अध्यायपन गराउने कलेजमा भएका सबै विधामा ५० प्रतिशत छुट दिनइने कार्यलाई कार्यान्वयन गरेका छौं । सामाजिक क्षेत्र अन्तर्गत एम्बुलेन्स र सबहानमा निःशुल्क सेवा प्रदान गरेका छौं । कीर्तिपुर बासीको कसैको मृत्य भएमा नगरपालिकाले नगद दश हजार रुपियाँसहित मृत्यु दर्ताको प्रमाणपत्र लिएर मृतकको घरमा आफन्तलाई भेट्न जाने काम गरेका छौं साथै स्थायी नगरबासीको रुपमा जन्म हुँदा तीन हजार नगदसहित जन्मदर्ताको प्रमाणपत्र प्रदान गर्ने गरेका छौं यो कार्य अन्य पालिका भन्दा फरक रुपमा हामीले शुरुवात गरेका छौं ।


कीर्तिपुरमा सम्पदाको पुनःनिर्माण गर्ने कार्यमा नगरपालिकाले केके काम गरेको छ ?
हामी निर्वाचित भएर आइसकेपछि साँस्कृतिक सम्पदा संरक्षण ऐन पारित गरेका सम्पदा संरक्षण गर्ने कार्य गरेका छौं । सम्पदालाई जगर्ने गर्ने पहिलो कर्तव्य हुनेछ भनेर हामीले स्वीकार गरेका छौं सोही अनुसार अहिले कीर्तिपुरमा सम्पदा संरक्षणको काम भइरहेको छ ।


नगरपालिकामा सुशासन कायम गर्नका लागि केके काम भए ?
नगरपालिकाले आवश्यकतामा आधारमा ऐन निर्माण गर्ने गरेको छ । बनाएका कानुनलाई पनि नगरपालिकाले क्रमिक रुपमा कार्यान्वयन गर्दै आएको छ । साँस्कृतिक सम्पदा संरक्षणका लागि दफा गीतलाई संरक्षण गर्न लागिएको छ । कीर्तिपुरको टोलभित्र धेरै सम्पदायुत्त पाटी छन् त्यहाँ बसेर गाउने दफा गीत संरक्षण गर्न नगरपालिकाले काम प्रारम्भ गरिसकेको छ । दफा गीत लोभ हुने अवस्थामा पुगेको सो दफालाई पुनःजागरणका लागि लागि नगरपालिकाले दफा गीत संरक्षण गरेको गर्न कार्य शुरु गरेको हो ।


एक वर्षको काममा तपाई आफैंं सन्तुष्ट हुनुहुन्छ ?
एक वर्षमा जत्ति गर्नुपर्ने हो तीन सबै काम गर्न नसकिए पनि एक वर्षमा गर्नुपर्ने कामको करिब ८० प्रतिशत काम सम्पन्न गरेका छौं । केही प्राविधिक कारणले कतिपय काम गर्न सकिएको छैन । यही वर्ष प्राविधिक शिक्षालय स्थापना गर्ने उद्देश्य थियो प्राविधिक कारणले यस वर्ष प्राविधिक शिक्षालय स्थापना गर्न सकिएन अर्को वर्ष भने प्राविधिक शिक्षाले स्थापना गर्ने काम हुन्छ ।


नगररपालिकामा नागरिकले खास कस्ता गुनासो गर्ने गरेका छन् ?
कीर्तिपुरकामा बसोबास गर्ने विभिन्न वर्गका मान्छेहरु छन् । वर्ग अनुसार गुनासो र माग पनि फरक फरक छ सम्पन्न वर्गका माग फोहोर व्यवस्थापन, व्यवस्थित सहरी योजना निर्माण लगायतका माग हुन्छन् भने सामान्य खालका व्यक्तिको माग भने सडक पूर्वाधार नै हुने गरेका छन् ।


निर्वाचनका क्रममा प्रतिबद्धता पत्रमा उल्लेख गरिएका योजनाहरु कति पूरा भए ?
घोषणा पत्रमा सबै जसो काम पाँच वर्षमा गर्ने भनिएको छ । त्यसमध्ये मूलत स्वास्थ्य शिक्षा, र भौतिक पूर्वाधार लगायतका काम हो । रोजगार नगरपालिकाले दिदैन भनेर हामीले भनेका छौ तर रोजागरी युक्त बन्नका लागि नगरपालिकाले आवश्यक सीप र शिक्षा प्रदान गर्छ भनेका छौं ।



अबको बाँकी समयमा गर्नुपर्ने काम के के हुन् ?
अबको चार वर्षमा मूलत दुईटा काम गर्नै पर्ने देखिएको छ । एउटा प्राविधिक शिक्षलाय स्थापना गर्ने अहिले कीर्तिपुरले एक घर एक स्नातकको बनाउने उद्देश्यले स्नातक तहसम्म पढ्ने विद्यार्थीलाई निशुल्क पढाउने काम गरेका छौं । अबको पाँच वर्षमा एक घर एक इन्जिनियर बनाउने कीर्तिपुरको योजना हो त्यसका लागि कीर्तिपुरले प्राविधिक शिक्षालय निर्माण गर्दैछ । अर्को भनेको कीर्तिपुरमा सर्वसाधारण्को पहूँचको जर्नल अस्पताल निर्माण गर्दैछौ । नगरपालिकाको आफ्नै अस्पताल त छर्दैछ अब सोही अस्पताललाई अपग्रेड गरेर जनरल अस्पताल बनाउने योजना बनाएका छौं । सम्पदा पुनःनिर्माण र नवनिार्माणको बाँकी काम पूरा गर्ने लक्ष्य हाम्रो हो त्यो काम अबको बाँकी समयमा गछौं ।

प्रतिकृया