• 5:28 pm

जम्मु नजिकको पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते

प्रकाशित मिति

२०८० जेष्ठ १६ गते, मंगलवार १२:४९

१६ जेठ २०८०, काठमाडौँ: भारतको जम्मु-श्रीनगर राजमार्गअन्तर्गत जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिकको पुलबाट खसेर बस दुर्घटना भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएको द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।


त्यहाँस्थित सञ्चारमाध्ययमका अनुसार यतिबेला स्थानीय बासिन्दा, सीआरपीएफ र एसडीआरएफले घटनास्थलमा मानिसहरूको उद्धार गरेको छ । बस अमृतसरबाट वैष्णोदेवी जाँदै थियो। जसमा ७५ यात्रु सवार थिए । सबै यात्रु बिहारका हुन् ।


दुर्घटनामा भएका घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ । गम्भीर घाइतेलाई जिएमसी जम्मुमा भर्ना गरिएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

प्रतिकृया