• 10:36 am

विकास खर्चभन्दा ऋण तिर्न बढी बजेट

प्रकाशित मिति

२०८० जेष्ठ १५ गते, सोमबार ०७:३८

जेठ १५, २०८०, काठमाडौँ: सरकारको विकास बजेट ऋण तिर्ने रकमभन्दा कम हुन थालेको छ । यसले सरकारले ऋण लिएर ऋण तिर्ने देखिएको छ ।


आर्थिक वर्ष २०८०/८१ मा विकास बजेटको लागि तीन खर्ब दुई अर्ब विनियोजन गरिएको छ । ऋण तिर्नको लागि प्रयोग हुने वित्तीय व्यवस्थापनमा तीन खर्ब ७ अर्ब ४५ करोड बिनियोजन भएको छ ।


सरकारको बजेट अब विकास खर्चभन्दा लिएको ऋण तिर्न बढी हुने देखिएको हो ।


चालु खर्चको लागि सरकारले ११ खर्ब ४१ अर्ब रुपैयाँ खर्च हुने जनाएको छ । आगामी वर्षको बजेटको आकार १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट पेस गरेका छन् ।

प्रतिकृया