• 2:59 am

अपराधी उन्मुक्ति दिवस (अडियाे)

प्रकाशित मिति

२०८० जेष्ठ १५ गते, सोमबार ०३:१५

अपराधीले अपराधीलाई, उन्मुक्ति दिन्छ, भ्रष्टचारीले भ्रष्टाचारीलाई मन्त्रीमा नियुक्ति दिन्छ,
सोझा सिधा जनतालाई हो नियम लाग्ने विना गल्ती दोषी भई सजाय काट्ने,
नेताले त सत्ता टिकाउँछन् भत्ता पचाउँछन्

पेट दुख्दा पनि सिंगापुरमा जचाउँछन्, पुराना नयाँ नेतामा केही फरक छैन,
आफ्नो चर्चा गराउन बाटोमा जनता सेकाउँछन् नेतालाई फाइदा नभए काइदा हुँदैन,
जनताको पिडामा मन कहिल्यै रुंदैन,

जुन दिवश आएपनि,
एक छाकको लागी जनता विवश छन्, लाखौ विदेशीएका छन्,
रोजगार विहिन छन् अझै कताबाट लुटिखानेमै नेता तल्लिन छन्“
अदालत नमान्ने राजनिती अब फेरीनुपर्छ जनताबाट नेता घेरिनुपर्छ,
जनता न्यायधिश बनी नेताको फाइल हेरिनुपर्छ

आशा भरोशा टुटिसकेको छ
संभावनाको नहर सुकिसकेको छ तपाई मपाई गर्दै सबै मिलेर देशको अर्थतन्त्र लुटिसकेको छ.
अब, अरुको विरोधले चर्चा कमाउनेलाई भित्तामा टाँस्ने पर्चा बनाउनुपर्छ
सबै चोर घ्याम्पोमा हालेर हर्क, बालेनजीलाई मोर्चा बनाउनुपर्छ

तब देशले निकाश पाउँछ जनताले विकाश पाउँछ
देशमा आत्मनिर्भरता, शान्ति अनि खुशी छाउँछ,
नत्र, यस्तै अपराधी उन्मुक्ती दिवश वर्षे पिच्छे आउँछ अपराधीले सधै उन्मुक्ती पाउँछ ।

(प्रणय सुवेदी, हाल जापान)

प्रतिकृया