• 1:07 pm

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

प्रकाशित मिति

२०८० जेष्ठ १५ गते, सोमबार ०९:४९

१५ जेठ २०८०, काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाट खोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए ।


सदावहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड देखि आषिश राना (लाउरे),द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथदर्शकहरुलाई मन्त्रमुग्धपारेका थिए । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपिदिएको थियो ।


सांगीतिक कार्यक्रममा झुम्नपाएका हजारौं विराटनगरका दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।दिउँसो केही गर्मी भएपनि दर्शकहरुले अस्मिता अधिकारी र सुनिल पण्डितका गीतहरुमा गाउदै नाचेका थिए ।


द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरुमा झनै उर्जा थपिदिएको थियो । द एलिमेन्ट्सले उर्जा, सपनाको मायालु, बिर्सिने हौ कि लगायतका आफ्ना हिट गीतहरुका साथदर्शकहरुलाई संगीतमा डुबाउँदै झुमायो ।धोकेबाजहौ तिमी, क्यादामीभो, पिलायो साथीले जस्ता लोक प्रियगीतका साथकलाकार शिव परियारले विराटनगर बासीलाई नचाए ।


त्यस्तै लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामी जस्ता र्यापगीतले सांगितीक कार्यक्रमझनै तातिएको थियो । दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, कालीकाली हिस्सी परेकी, मायाको डोरी लगायतका चर्चित गीतहरुको प्रस्तुति साथ शनिबार विराटनगर संगीतमय बन्यो ।


‘रमाऔ सधै सँगै’ भन्ने थिमकासाथआयोजनागरिएको यस सांगीतिककार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरुलाई मनोरञ्जन प्रदानगर्दै, देश विदेशमा रहनुभएका सबैसँग फेसबुक लाईभमार्फत जोडिएखुसी साटा साट गर्नसफलभएको एनसेलले जनाएको छ ।ग्राहक सुविधाकोलागिकार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्यफुड स्टलहरु पनिरहेको थियो ।


यस अघि एनसेलले नयाँवर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायलाई चांडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यमएवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोज नागरिएको थियो ।


एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । सन्२००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्क मार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ ।


सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत्फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।


एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापना देखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्यशुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी ( सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।


एनसेल, आजियाटा गु्रपबर्हाद अन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँच भित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मापब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवाप्रदानगर्दै आएको छ ।

प्रतिकृया