नेपाल लाइफद्वारा रू ६४ लाख २५ हजारकादावी भुक्तानी
प्रकाशित मिति
२०८० जेष्ठ १५ गते, सोमबार ०८:२६

१५ जेठ २०८०, काठमाडौँ : नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेरू ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१,कैलाली घर भएका बीमित नर बहादुर साउदको मिति२०८० साल वैशाख१६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।
टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती)लाई हस्तान्तरण गर्नुभएको छ । आफ्नो जीवनकालमा स्व नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लिटीकापुर शाखा कार्यालयबाट मिती २०७५/०५/१३ गते रु.५०,००,००० बीमाङ्क भएको जीवन बीमा योजना लिनु भएको थियो ।
बीमाङ्क बापतको रकमअन्तर्गत रु.५०,००,००० र बोनस बापत रु.१४,२५,००० गरी जम्मा रु.६४,२५,००० इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ । कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।
प्रतिकृया