• 6:40 pm

आज सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति

२०८० जेष्ठ १५ गते, सोमबार ०७:५०

१५ जेठ २०८०, काठमाडौँ :  आज सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। जनआन्दोलन २०६२र६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ ।


नेपाल सरकारले काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह गरी गणतन्त्र दिवस मनाउँदै आएको छ। काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्ने छ जसमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुने छन्।

प्रतिकृया