• 8:27 am

सदनको संयुक्त बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित

प्रकाशित मिति

२०८० जेष्ठ १४ गते, आईतवार ०३:४१

१४ जेठ २०८०, काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ। आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो। सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समितिमा सांसदहरु मनोनित भएका हुन्।


समितिमा कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शम्शेर जबरा छन्। त्यस्तै जनता समाजवादी पार्टी प्रकाश अधिकारीलाई पठाइको छ।


१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा यसअघि नै मनोनित भएका छन्।


संसदीय सुनुवाइ समितिमा रहने सांसदहरूको नामावली माथि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले सहमति जनाएको हो।

प्रतिकृया