• 2:36 am

प्रधानमन्त्री भारत भ्रमणबारे राजनीतिक परामर्श गर्न बैठक बोलाए

प्रकाशित मिति

२०८० जेष्ठ १४ गते, आईतवार १०:४६

१४ जेठ २०८०, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्ने भएका छन् । सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले त्यसका लागि पूर्वप्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीको बैठक बोलाएका हुन् ।


उनीहरुसँगको छलफल लगत्तै ३ः३० बजे प्रधानमन्त्रीले कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ । छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ । प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने कार्यतालिका छ ।

प्रतिकृया