• १२:४२ २०८० चैत्र १६ गते
  • 12:42 pm

जनमत पार्टीको केन्द्रीय समिति बैठक जारी

प्रकाशित मिति

२०८० जेष्ठ १२ गते, शुक्रबार ०१:४५

349015992 911249850171253 8808277714319406412 n e1685088046882

१२ जेठ २०८०, काठमाडौँ : जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा जारी रहेको छ । बिहानदेखि एक होटलमा जारी बैठकमा सरकार, पार्टीको विधान, संगठन निर्माण लगायतका विषयमा छलफल भइरहेको छ ।


केन्द्र सरकारमा जनमत पार्टीले उद्योग वा कृषि मन्त्रालय माग गरेको थियो तर खानेपानी मन्त्रालय चित्त बुझाउनुपरेको थियो । प्रधानमन्त्री प्रचण्डले मन्त्रालय परिवर्तन गरिदिने आश्वास दिएपनि मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालय नै दिएपछि जनमत पार्टी असन्तुष्ट भएको थियो । त्यसलगत्तै सो पार्टीले मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।


जनमतका अध्यक्ष डा.सिके राउतलाई अर्को मन्त्रालय दिने आश्वासन दिइएपनि सो पार्टीलाई अर्को मन्त्रालय दिइएन । जहिले जनमत पार्टीले समर्थन गरेपनि सरकारमा प्रतिनिधित्व छैन । त्यस्तै, मधेश प्रदेशमा पनि जनमत पार्टीका कृषिमन्त्री र कृषि राज्यमन्त्री सञ्जय यादवलाई जिम्मेवारीविहिन बनाइएको छ । त्यसप्रति जनमत पार्टी असन्तुष्ट छ ।


बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको छ ।

प्रतिकृया