काठमाडौं उपत्यकामा घट्यो गाडीभाडा, १० किलोमिटरसम्मको यात्रा गर्दा २५ रुपैयाँ

प्रकाशित मिति

२०८० जेष्ठ १२ गते, शुक्रबार ११:१५

sarbajanik

१२ जेठ २०८०, काठमाडौँ: काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा घटेको छ । ५ किलोमिटरसम्मको न्यूनतम भाडामा १ रुपैयाँ घटेको हो । काठमाडौं उपत्यकामा छोटो दूरीको भाडा अब १९ रुपैयाँ भएको छ। हाल २० रुपैयाँ छ ।


सरकारले भाडा १ रुपैयाँ घटाए पनि कार्यन्वयन हुनेमा भने आशंका गरिएको छ । १० किलोमिटरसम्मको यात्रा गर्दा २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ रुपैयाँ, २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तोकिएको छ।


काठमाडौं उपत्यकाबाट बागमती प्रदेशभित्र सञ्चालन हुने यातायातमा ४.१८ प्रतिशतले भाडा घटाउने निर्णय भएको छ । उक्त भाडादरमा यात्रुले १५ केजीसम्म सामान निस्शुल्क र सोभन्दा बढी १० केजीसम्म प्रतिकेजी ५ का दरले भाडा लिन पाउने भएका छन् ।


मालबाहक सवारी साधनको हकमा भने ५.६९ प्रतिशतले कम लिनुपर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रतिकृया