नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा प्रदेश नामाकरणको विरोधका क्रममा घाइते भएकाको उपचारखर्च सरकारले व्यहोर्न माग
प्रकाशित मिति
२०८० जेष्ठ ११ गते, बिहीबार ०१:३३

११ जेठ २०८०, काठमाडौँ : नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेश नामाकरणको विरोधका क्रममा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्न माग राखेको छ । कोशी प्रदेश नामाकरणको विरोध गर्दै गत वैशाख २६ गते झापाको दमकमा प्रदर्शनका क्रममा गोली लागि घाइते भएका इलाम चुलाचुली- १ का गजेन्द्र फागो र झापा अर्जुनधार- १ की निर्मला क्षेत्री लिम्बूलगायत घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्न पार्टीले माग राखेको हो ।
साथै, नामाकरणको सम्बन्धमा विरोध गर्दा शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लङ्घन नहुने गरी विरोधका कार्यक्रमहरू गर्न कांग्रेस कोशी प्रदेश समितिका सभापति तथा संसदीय दलका नेता उद्धव थापाद्वारा जारी गरेको विज्ञप्तिमार्फत ‘प्रदेश १ नामाङ्कन संघर्ष समिति’लाई आग्रह गरिएको छ ।
प्रदेश नामाकरणको विषयमा विरोध जनाउँदै ‘प्रदेश १ नामाङ्कन संघर्ष समिति’ गठन भएको छ। जसले लामो समयदेखि विभिन्न विरोध तथा प्रदर्शनका कार्यक्रमहरू गर्दै आएको छ ।
सोही क्रममा मोरङको बेलबारी- २ लालभित्तिका पदमबहादुर लिम्बू लाजेहाङको आन्दोलनकै क्रममा घाइते भइ उपचारका क्रममा गत चैत्र १० गते निधन भएको थियो ।
यस्तो छ विज्ञप्ति:

प्रतिकृया