रुकुम पश्चिममा जीप दुर्घटना हुदा पाँच जनाकाे मृत्यु, ७ घाइते

प्रकाशित मिति

२०८० जेष्ठ ११ गते, बिहीबार ११:३६

accident1 e1664721822357

११ जेठ २०८०, काठमाडौँ : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जीप दुर्घटना भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सानीभेरी गाउँपालिका- ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जाँदै गरेको लु १ ज १७४७ नम्वरको जीप दुलीको मोतिखोलामा दुर्घटना भएकाे हो।


सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्णबहादुर बाँठा, बाँफिकोट गाउँपालिका-८ की रेखा खत्री र उनको २२ दिनकाे छोराको घटनास्थल मै मृत्यु भएको छ।


यस्तै, दुर्घटनामा परेर स्थानीय २५ वर्षीया सिताला कुसारीकाे पनि मृत्यु भएको वडा नम्बर ८ का अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए।


उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर उपचारको लागि पठाइएको छ। जीप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ।

प्रतिकृया