• ०६:५२ २०८१ बैशाख ७ गते
  • 6:52 am

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल ऱ्यालीमाको आयोजना

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार ०४:२३

5 01 scaled e1684924702454

१० जेठ २०८०, काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्वबातावरण दिवसको अवसर पारेर मिति२०८०/०२/२० गते शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल ऱ्यालीको आयोजना गर्न लागेको जानकारी गराएकाे छ ।


यस बैंकले गतवर्ष समेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल ऱ्यालीमा सफलता पूर्वक सम्पन्न गरेकोमा यस वर्षसमेत अझ सशक्त पूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल ऱ्याली, २०८०” को आयोजना गर्नलागेको हो ।


“इन्धन जोगाऔं, पृथ्वीबचाऔं” भन्ने मूल नाराका साथआह्वान गरिएको योसाइकल ऱ्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयर धनीएवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानु भावहरुको उत्साहजनक सहभागिता भई सम्पन्नहुनेमा बैंक विश्वस्त रहेको छ ।



यस साइकलऱ्याली जेष्ठ २० गते शनिवार बिहान७ः०० बजे बैंककै वालुवाटार स्थित केन्दि्यकार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० कि.मी.को यात्रापश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ । यस साइकल ऱ्यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिताएवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरि प्रदुषण नियन्त्रणमा टेवा पुऱ्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । यसर्थ, यस साइकल ऱ्यालीमा सम्पूर्ण शुभेच्छुक महानुभावहरुलाई सहभागीताको निम्तिना मदर्ता गर्न समेत प्रेस विज्ञप्ती मार्फत आह्वान गरेकाे छ ।



यस ऱ्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । ऱ्यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिनेछ । यसैगरि,ऱ्यालीमा नामदर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ । यस साइकल ऱ्यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथलिएर आयोजना गर्न लागिएको जानकारी गराएकाे छ ।



साथै, यससाइकल¥यालीको सम्पूर्ण विवरणकोे निम्ति यस बैंकको आधिकारीक वेवसाइट www.shangrilabank.com मा गई जानकारी लिनुहुनतथादर्ता गर्नको लागि nfluhttps://www.shangrilabank.com/cyclerally मा गई यथाशिघ्रदर्ता गर्नुहुनसमेत जानकारी गराउन चाहन्छौं ।

प्रतिकृया