रास्वपा नीति तथा कार्यक्रमको विरोध नगर्ने, रचनात्मक रूपमा सरकारलाई सघाउँने(भिडियाे सहित)
प्रकाशित मिति
२०८० जेष्ठ ७ गते, आईतवार ०४:५५

७ जेठ २०८०, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको विरोध नगर्ने र रचनात्मक सुझाव दिने बताएकी छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।
‘सामान्यतया प्रतिपक्षीलाई खुट्टा तान्ने पक्षको रुपमा बुझ्ने प्रचलन छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोष गरिसकेको छ– राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षी हो, यानेकी सरकारलाई राम्रो कुरामा पनि प्रशंसा गर्छ । सरकारलाई सघाउँछ पनि तर त्यही समयमा सरकारलाई खबरदारी पनि गर्छ कतै नराम्रो काम गर्ने हो कि ! यो काम हुँदैन कि भनेर’, उनले भनेकी छन् ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै राम्रा कुरा समेटिएका, कतिपय महत्वाकांक्षी कुराहरु पनि रहेको सांसद गौतमले बताइन् ।
कृषि पशुपंक्षी र खाद्य सम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नती गर्नुपर्ने र यस्ता वस्तुहरुको ओसारपसार गर्ने सबै भन्सार बिन्दु र मुख्य शहरमा प्रयोगशाला स्थापना गरिनुपर्ने उनको सुझाव छ ।
सामुदायिक खेती प्रणाली कार्यान्वयनका लागि नीतिगत व्यवस्था गर्ने, स्थानीय उतपादनको बजारीकरणका लागि स्थानीय सरकारसँग मिलेर हाटबजार पुनः सञ्चालन गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने सांसद गौतमको सुझाव छ।
आयोजना निर्माणका क्रममा हुने मुआब्जाको समस्या समाधानका लागि विशिष्टिकृत संरचना निर्माण गर्नु उपयुक्त हुने उनको प्रस्ताव छ ।
प्रतिकृया