रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु
प्रकाशित मिति
२०८० जेष्ठ ७ गते, आईतवार ०३:३४

७ जेठ २०८०, एजेन्सी : रङ्गशालामा भागदौड हुँदा १२ जनाको मृत्यु मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् ।
समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन) ले जनाएको छ । प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पु-याइएको छ ।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।
Related
Recent News
- हिम स्टार उर्जाको आईपीओ बाँडफाँड, १८ लाखभन्दा बढीको हात खाली
- मौद्रिक नीतिले शेयर बजारमा हरियाली
- यी कम्पनीमा झुम्मिए आज लगानीकर्ता
- मन्त्रीपरिषद् बैठकका २९ निर्णय यस्ता छन्
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- नवनियुक्त मन्त्री न्यौपानेको शपथग्रहण आज बेलुका ६ बजे
- भोलिदेखि सुनमा २% विलासिता कर लागू, मूल्य हुने भयो वृद्धि
- स्वास्थ्य मन्त्रालयको एक वर्ष : उपलब्धिसँगै कार्यान्वयनमा चुनौती
- फेरी अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट
- भारतको बैतडी–दार्चुला सीमा नाका बन्द हुने
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया