• २१:५३ २०८० चैत्र १५ गते
  • 9:53 pm

बाघ भोकै मर्छ, घाँस खाँदैन, म माथि पनि छानबिन होस् : ओली

प्रकाशित मिति

२०८० जेष्ठ ७ गते, आईतवार ०३:०३

oli1 e1684660712242

जेठ ७, २०८०, काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन् । नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै उनले यस प्रकरणमा कतिपयलाई एमालेको नाम लिन रहर लागेको बताए ।


‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस् । छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं,’ आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भने।


‘एमालेलाई गाली गर्न मन लागेको छ। केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी। पार लाग्दैन,’ उनले भने।


उनले आफू भ्रष्टाचारविरूद्ध सधैँ छानबिन होस् भन्ने पक्षमा रहेको बताए।


‘निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने, यस प्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो अझ भयावहरूपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ। चानचुने कुरा होरु त्यसकारण यो भोलि पनि निस्कन्छ। निर्दोष नफसोस्,’ ओलीले संसदमा भने।


कतिपयलाई तीनवटा प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह उत्पन्न भएको पनि बताए।

‘तीन नेता भेट्दा, संसद् बैठक, मन्त्रिपरिषद् पटकपटक बस्दा सन्देह पैदा भयो१ के भनेको योरु संसद् बैठक चलाउनु छ, देशको अवस्था यस्तो छ, सदन कसरी चलाउनेरु सहमतीय बाटोमा कसरी जाने रु आदि कुरामा नेताहरू छलफल गर्दैनन्रुकानुन निर्माण, संशोधन कसरी गर्ने छलफल गर्दैनन्रु,’ उनले प्रश्न गरे।


‘संसदीय अभ्यासका क्रममा ती जटिल बनाओटका प्रक्रियामा स्मुथ्ली कसरी लानेरु त्यस विषयमा छलफल गर्दैनन्रु तीन जना नेता भेट्दा पनि मानिलिऊँ दुईजना दूधले नुहाएकामात्र होइन, दुधै कुण्डमा नुहाएका, मचाहिँ त्यहाँ लौन मेरा नेता बचाइदेऊ भनेर म्याउँम्याउँ गर्न गएँ,’ उनले भने। बाघ भोकै मर्ने तर घाँस नखाने उनको टिप्पणी थियो।

प्रतिकृया